Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चोरीका मोटरसाइकलसहित ३ जना पक्राउ

    चोरीका मोटरसाइकलसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    सांकेतिक तस्विर

    हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरी कारबाही प्रक्रिया शुरु गरेको छ ।

    हेटौंडा उपमहानगरपालिका–१५ का शेरबहादुर पाख्रिनको वाग्मती प्रदेश ०३–००२ ५०५१६ नम्बरको चोरी भएको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाइएको छ ।



    पक्राउ पर्नेमा सर्लाहीको वाग्मती गाउँपालिका–१२ का २० वर्षीय टेकबहादुर गोले, सर्लाही लालबन्दी नगरपालिका–१४ का २७ वर्षीय जनक तामाङ र सिन्धुली मरिण गाउँपालिका–८ बस्ने २० वर्षीय निकेश वाइवा पक्राउ परेको सो प्रहरी कार्यालयका प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।



    चोरीमा संलग्न रहेका सिन्धुली मरिण गाउँपालिकाका सुरज तामाङको खोजतलास जारी रहेको उनले भने । पक्राउ परेकाहरुमाथि मुद्दा दर्ता गरी आवश्यक कारवाही र अनुसन्धान प्रक्रिया शुरु भएको बताइएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार