Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपालमा काेराेनाका कारण ज्यान गुमाउने संख्या सय नाघ्याे

    नेपालमा काेराेनाका कारण ज्यान गुमाउने संख्या सय नाघ्याे

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ सय नाघेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएसंगै मृतकको संख्या १ सय नाघेको हो ।

    पछिल्लो २४ घण्टामा श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको हो ।



    प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको जानकारी दिए ।



    यस्तै कोशी अस्पताल, बिराटनगरमा उपचाररत मोरङ र सिराहाका एकएक जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगपालिका–१३ का ३० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

    सिराहाको बिष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको पनि कोशीमै उपचारको क्रममा मृत्यु भएको छ । नेपालमा पहिलो कोरोना संक्रमित ९ माघमा भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार