Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मनमैजुमा छुरा प्रहार गरी लक्ष्मणको हत्या गर्ने आङदोर्जे पक्राउ

    मनमैजुमा छुरा प्रहार गरी लक्ष्मणको हत्या गर्ने आङदोर्जे पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 5.6K
    SHARES

    काठमाडौं। काठमाडौँको मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या गर्ने मुख्य अभियुक्त आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । मुख्य अभियुक्त आङदोर्जेलाई १२ घण्टा नबित्दै पक्राउ गर्न प्रहरी सफल भएको छ ।

    दोलखा गौरीशंकर नगरपालिका घर भएका आङदोर्जेलाई मनमैजु क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।



    आङदोर्जेलाई महाशाखाका एसपी ईश्वर कार्की र महानगरिय प्रहरी परिसरबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनाको बिषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।



    शुक्रबार राती मितेरी पुल नजिक शेर्पासहितको  समुहले २४ वर्षीय तामाङलाई छुरा प्रहार गरी हत्या गरेका थिए ।  हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जना युवकलाई पनि पक्राउ गरेको छ ।

    शुक्रवार राति तीन-चार जनाको समूहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए। राति करिब साढे ८ बजेतिर चक्कु प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो ।

    स्रोतका अनुसार लक्ष्मण र दोर्जे शेर्पाका समूहका युवाहरुको मादक पदार्थ पिउने क्रममा विवाद हुँदा दुई पक्षबीच हानाहान भएको बयान आङदोर्जेले दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार