Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पूर्व प्रेमिका र श्रीमतीबीचको झगडामा लक्ष्मणको हत्या, ग्याङ खडा यसरी भयो घटना

    पूर्व प्रेमिका र श्रीमतीबीचको झगडामा लक्ष्मणको हत्या, ग्याङ खडा यसरी भयो घटना

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 5.1K
    SHARES

    काठमाडौं। केटीकै बिषयमा झगडा हुँदा काठमाडौँको मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको खुलेको छ।

    लक्ष्मणमाथि छुरा प्रहार गरी  हत्या गर्ने मुख्य अभियुक्त आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेपछि उनले दिएको बयानका क्रममा यो कुराको रहस्य खुलेको हो ।



    महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार शुरुमा मृतक लक्ष्मण ,उनकी श्रीमती सोनु श्रेष्ठ र लक्ष्मणकी पूर्व प्रेमिकाबीच  झगडा हुँदा घटनाले यो अवस्था निम्त्याएको हो।



    त्यसपछि एक आपसमा शक्ति देखाउन उनीहरुबीच ग्याङ खडा गरी बादबिबाद हुँदा घटना भएको देखिन्छ ।

    सोनु र पुष्पाबीचको झगडाले गर्दा यो घटना ग्याङ फाइट हुँदै हत्यामा पुगेर टुङिएको  प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

    सोनुले श्रीमान लक्ष्मण,भाइ समिर श्रेष्ठ र लक्ष्मणका दाई शंकरलाई घटनास्थलमा बोलाएकी थिइन ।  पुष्पाले भने आङदोर्जे,रबिन तामाङ,दिनेश तामाङलगायतलाई बोलाएपछि दुबै पक्षबीच आक्रमण शुरु भएको थियो।

    आङदोर्जे समुहको आक्रमणमा परी लक्ष्मणको दाई शंकरको आँखामा चोट लागेको छ भने श्रीमती सोनु पनि सामान्य घाइते भएकी छन्। आङदोर्जेका साथी दिनेश तामाङ पनि घाइते भएका छन् ।

    आङदोर्जेले तामाङलाई छातीको बाँया भागमा छुरा प्रहार गरी हत्या गरेको खुलेको छ।

    शुक्रबार राती मितेरी पुल नजिक शेर्पासहितको  समुहले २४ वर्षीय तामाङलाई छुरा प्रहार गरी हत्या गरेका थिए ।  हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जना युवकलाई पनि पक्राउ गरेको छ ।

    शुक्रवार राति करिब साढे ८ बजेतिर छुरा प्रहारबाट घाइते लक्ष्मणको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो ।

    हत्यामा संलग्न भएको आशंकामा प्रहरीले लक्ष्मणकी पूर्व प्रेमिका पन्तसहित तीन जनालाई पक्राउ गरेको छ । आङदोर्जेलाई महाशाखाका एसपी ईश्वर कार्की र महानगरिय प्रहरी परिसरबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार