Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बुटवलमा कोरोना संक्रमितको मृत्यु

    बुटवलमा कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 2.8K
    SHARES

    बुटवल । बुटवलमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएकाे छ।

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ७ घर भएका ४२ वर्षीय पुरुषको ज्यान गएकाे हाे। आईसीयुमा राखेर उपचारका क्रममा शनिबार ज्यान गएकाे अस्पतालले जनाएकाे छ।



    अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका उनको शनिबार बिहान मृत्यु भएको जानकारी दिए ।



    उनका अनुसार मृतकको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेसिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र त्यसपछि पुनः पीसीआर परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको हाे

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार