Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ५० वर्षीया कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

    ५० वर्षीया कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी ५० वर्षीय महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

    श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति उनलाई धरान रेफर गरेको थियो । विराटनगर २ तिनपैनी स्थायी ठेगाना भएकी महिलाको उपचारका क्रममा गएराति करिब १२ ३० बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।



    पछिल्लो ४ ५ दिनदेखि अत्यधिक ज्वरो आउने, खोकी लाग्ने तथा श्वास फेर्न समस्या भएपछि उनलाई विराटनगरको न्यूरो अस्पताल लगिएको थियो । फोक्सो, मुटुु र थाइरोइडको समस्या रहेकी महिलाको दिल्लीमा मुटुको उपचार पनि भएको बताईएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार