Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कोरोना अस्पतालबाट डिस्चार्ज भएका ५६ वर्षीय पुरुषको मृत्यु

    कोरोना अस्पतालबाट डिस्चार्ज भएका ५६ वर्षीय पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 2K
    SHARES

    काठमाडाैं । वीरगञ्जमा काेराेना संक्रमण मुक्त भएका एकजना पुरूषकाे मृत्यु भएकाे छ । कोरोना संक्रमणमुक्त भई कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टा मै वीरगञ्ज महानगरपालिका-१३ शिवनगरका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    नारायणी कोभिड विशेष अस्थायी अस्पताल वीरगञ्ज हेल्थकेयरबाट शनिबार राति उनी कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको थियो ।



    साउन १९ गते नारायणी अस्तालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि वीरगञ्ज हेल्थकेयरमा भर्ना गरिएको थियो । झाडापखाला लागेको र अक्सिजनको मात्रा पनि कम भएकोले डिस्चार्जको बेलामा नै चिकित्सकले उनलाई थप उपचारका लागि अन्य अस्पताल भर्ना गर्न सुझाव दिएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार