Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • धनुषामा कोरोना संक्रमितको मृत्यु

    धनुषामा कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 1.8K
    SHARES

    धनुषा । धनुषामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएकोजनाएको छ ।



    मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका थिए ।



    जटिल किसिमको निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो ।साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार