Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वाग्मती प्रदेश उपसभामुख र उनका छोरालाई कोरोना संक्रमण

    वाग्मती प्रदेश उपसभामुख र उनका छोरालाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 2.6K
    SHARES

    मकवानपुर । वाग्मती प्रदेशका उपसभामुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपसभामुखको कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको हो ।

    उनीसहित उनका छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । नुवाकोटा जिल्ला दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उपभासमुखको स्वाब परीक्षण गरिएको थियो ।



    ‘वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको क्रममा स्वाब परीक्षण गराउँदा सोमबार रिपोर्ट पोजिटिभ आएको हो । उहाँसहित सचिवालयको सबैको स्वाब परीक्षण गरिएको थियो ।’ सचिवालयले भनेको छ । सचिवालयले उपसभामुखको सम्पर्कमा आएका सबै जनालाई जानकारी गराइसकेकोले समुदायलाई कोरोना भाइरस संक्रमणको विषयमा त्रसित नबन्न समेत आग्रह गरेको छ । उनको वडाअध्यक्षसँग साउन १७ गते भेटघाट भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार