Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जापानका प्रधानमन्त्री अस्पताल भर्ना

    जापानका प्रधानमन्त्री अस्पताल भर्ना

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 4.1K
    SHARES

    एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जाे आवे अस्पताल भर्ना भएका छन् । उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । पूर्वअर्थमन्त्री अकिरा अमारीले एउटा टिभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट उनी अस्पताल गएका हुन् ।

    क्योदो समाचार संस्थाले उनी राजधानी टोकियोस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना भएका जनाएको छ । प्रधानमन्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने उनले चेतावनी दिएका छन् ।



    तर उनकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार