Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय १२ पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय १२ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ ।

    पछिल्लो १२ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११२पुगेको छ। आज (मंगलबार) पोखराकोमा थप एक जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको जानकारी दिए ।



    विहान काभ्रेको धुलिखेलमा काठमाडौंका ९८ वर्षीय वृद्ध र पाटन अस्पतालमा नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापतिको  को मृत्यु भएको हो । यसअघि हिजो(सोमबार) राती पोखरामा तनहुँकी ५० वर्षीया महिला र नेपालगञ्जमा ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको गियो।



    मंगलवार बिहान धुलिखेल अस्पतालमा उपचाररत काठमाडौंका वृद्धको मृत्यु भएको हो। साउन २७ गते उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो।

    स्वास्वप्रश्वासमा समस्या देखिएका उनलाई आइसीयूमा राखेर उपचार भइरहेको थियो। तर, आज बिहान करिव १ बजेतिर उनको मृत्यु भएको हो।

    त्यस्तै कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पताल ल्याइएका ३८ वर्षीय नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको  पाटन अस्पतालमा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो।

    त्यसपछि भेन्टिलेटरमा राखेर उपचार भईरहेको गिरीको बिहान ६ बजेतिर मृत्यु भएको जनाइएको छ ।

    त्यसैगरी फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका बाँकेमा ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ का ती पुरुषको गए राति ११ः४० मा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

    उनलाई साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थिए।

    त्यसैगररी पोखराको कास्की सेवा अस्पतालमा उपचाररत तनहुँ व्यासकी ५० वर्षीय महिलाको गए राति मृत्यु भएको अस्पतालले जनाएको छ।

    ती महिलामा भने मृत्यपछि कोरोना संक्रमण देखिएको बताइएको छ। ती महिलाको स्वाब पहिल्यै संकलन गरिएको भएपति रिपोर्ट भने आज बिहान मात्र आएको हो ।

    यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने तीनै जना मृतकको आधिकारीक जानकारी गराइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार