Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काेराेना कहर : प्रदेश-५ का रुपन्देही, अर्घाखाँची र प्यूठानमा कडा लकडाउन

    काेराेना कहर : प्रदेश-५ का रुपन्देही, अर्घाखाँची र प्यूठानमा कडा लकडाउन

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 4.2K
    SHARES

    काठमाडाैं । कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश-५ का तीन जिल्लाले लकडाउन गरेका छन् । प्रदेश-५ का रूपन्देही, अर्घाखाँची र प्यूठानले आउँदै गरेको तिजमा हुनसक्ने सार्वजनिक कार्यक्रमका कारण थप जोखिम निम्तिन सक्ने ठहर गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

    रुपन्देहीले मंगलबार राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि जिल्ला लकडाउन गरिएकाे जनाएकाे छ । यस्तै अर्घाखाँचीले भदौ ३ गते बिहान ६ बजेदेखि भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय गरेकाे छ । यता प्यूठानले मंगलवार राति १२ बजेदेखि लकडाउन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।



    जिल्लाभित्रका आन्तरिक यातायातलाई कडाई गरेपनि राजमार्गहरुमा चल्ने गाडीलाई भने नरोक्ने जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् । प्रदेश ५ को तीब्र संक्रमण देखिएको कपिलवस्तुमा निषेधाज्ञा जारी छ भने बाँके, बर्दिया, दाङलगायतका जिल्लामा पनि कडाई गरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार