Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कोरोनाकाे कहर: नेपाल टेलिकमका कर्मचारीको मृत्यु

    कोरोनाकाे कहर: नेपाल टेलिकमका कर्मचारीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 1.9K
    SHARES

    वीरगंज । कोरोना संक्रमणबाट नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको छ । वीरगंज १५ लक्षुमानवा घर भई नेपाल नेपाल टेलिकम वीरगंजमा कार्यरत ६० वर्षीय कर्मचारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ।

    नारायणी अस्पतालमा उपचार गरिरहेको अवस्थामा मंगलवार दिउँसो २ बजे मृत्यु भएको थियो। एक सातादेखि ज्वरो, सुक्खा खोकी र निमोनियाबाट पीडित वृद्धको एक गत बुधवार बिहान अचानक अवस्था बिग्रिन थालेपछि अस्पताल भर्ना भएका थिए।



    उनको स्वाब परीक्षण गर्दा जेन एक्सपर्ट परीक्षणमा राति ८ बजे उनको रिपोर्ट पोजिटिभ आएको हो। उनी एक सातादेखि घरमै औषधि उपचार गराउदै आएका थिए।बुधबार एक सय भन्दा धेरै संक्रमित थपिएका छन् । वीरगञ्जमा कोरोना समुदायस्तरमै फैलिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार