Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • निषेधाज्ञा उल्लंघन गर्नेलाई होल्डिङ सेन्टरमा राख्दै

    निषेधाज्ञा उल्लंघन गर्नेलाई होल्डिङ सेन्टरमा राख्दै

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । पछिल्लाे केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले बुधबारराति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा कार्यान्वयन गराउन ब्यापक मात्रमा सुरक्षाकर्मीहरुलाई सडकका चोक तथा गल्लीहरुमा परिचालन गरिएको छ ।

    उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको पालना नगर्नेहरुलाई दण्डित गर्ने चेतावनी दिएका छन् । तर नयाँ बानेश्वर चोकको विहानको दृष्य भने फरक थियो । त्यहाँ प्रहरीहरुले निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई केहीबेर होल्डिङ सेन्टरमा उभ्याएर छाडेका छन् ।



    बानेश्वर चोकको सडक किनारमा होल्डिङ सेन्टर बनाइएको छ । जथाभाबी हिँडडुल गर्ने र पासविना सवारी साधन चलाउनेहरुलाई त्यहाँ व्यक्तिगत दुरी कायम राखी केहीबेर उभ्याउने र अबदेखि निषेधाज्ञा पालना गर्ने सर्तमा छाड्ने गरिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार