Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकार भन्छ-आइसाेलेशनमा खाेजे जस्ताे खाना पाइँदैन, जे पाइन्छ चित्त बुझाउँ

    सरकार भन्छ-आइसाेलेशनमा खाेजे जस्ताे खाना पाइँदैन, जे पाइन्छ चित्त बुझाउँ

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 2.2K
    SHARES

    काठमाडाैं । सरकारले आइसोलेशन र क्वरेण्टीनमा बस्दा स्वास्थ्य मापदण्डको अनुशासन पालना गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो स्वास्थ्यका लागि भए पनि नियमको पालना गर्न आग्रह गर्दै जे–जस्तो सेवा सुविधा पाइन्छ त्यसमा चित्त बुझाउन आग्रह गरेकाे हाे ।

    मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइसोलेशन र क्वरेण्टीनमा रहेकाहरुलाई सहयोगका लागि अपिल गरे पनि उच्च वर्गले नै हिचकिचाहट गरेका बताए । यस्तो अवस्थामा सरकारसँग उपलब्ध स्रोत र साधनको प्रयोग गरी सेवा दिइरहेकाले सबै जना अनुशासित हुन उनले आग्रह गरेका छन् ।



    उनले भने, ‘आइसोलेशनमा आफूले खोजे/रोजे जस्तो खाना पाइँदैन । जे–जस्तो पाइन्छ सकारात्मक तरिकाले उपभोग गरौँ ।’ यस्तै उनले स्वस्थ र सफा खाना दिउँ भन्ने चाहना भएकाले त्यसतर्फ चाहिँ प्रयासरत रहेको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार