Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बलात्कार गरेर फरार भएका २ जना पक्राउ

    बलात्कार गरेर फरार भएका २ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 2.6K
    SHARES

    धनकुटा । जिल्ला प्रहरी धनकुटाले बलात्कार गरेर फरार दुई आरोपीलाई पक्राउ गरेको छ । दुई फरक घटनामा संलग्‍न उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

    गत शनिबार धनकुटा नगरपालिकाको टेकुनालामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका युवालाई बिहीबार पक्राउ गरिएको एसपी गोविन्द अधिकारीले बताए । बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेर फरार २२ वर्षीय युवालाई गाउँबाटै पक्राउ गरिएको उनले बताए ।



    यस्तै, धनकुटा नगरपालिकाको निगालेमा १५ वर्षीया बालिकालाई गत साउन २७ गते जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ परेका दुवै आरोपीहरुलाई जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर गरेर अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार