Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पाटनमा २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३३ पुग्यो

    पाटनमा २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३३ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १३३ पुगेको हो ।

    जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरका अनुसार आज (शुक्रबार) विहान पाटन अस्पतालमा दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको मृत्यु भएको हो ।



    दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो ।



    आजै बिहान बुटवलको कोरोना विशेष अस्पतालमा प्युठानका ६४ वर्षिया एक संक्रमित पुरुषको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार