Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निषेधाज्ञामा पनि सेयरबजार दोहोरो अंकले बढ्यो

    निषेधाज्ञामा पनि सेयरबजार दोहोरो अंकले बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । कोरोनाको संक्रमण फैलिएपछि सरकारले काठमाडौं उपत्यकालगायत क्षेत्रमा निषेधाज्ञा जारी हुँदा दैनिक जीवन कष्टकर भए पनि धितोपत्र बजारमा भने नकारात्मक असर परेको देखिएन।

    अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै सेयर कारोबार गरेका कारण धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै १३ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.७७ विन्दुले बढेर एक हजार ४१०.३४ मा पुगेको छ। यस्तै कारोबार पनि आज एक अर्बमाथि भएको छ।



    कुल १ सय ८४ कम्पनीको २४ लाख ९८ हजार ६ सय ६२ कित्ता सेयर एक अर्ब १० करोड ८० लाख ५३ हजार ५ सय ९७ मूल्यमा खरिद्बिक्री भए। कारोबार भएका कुल १२ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर ओरालो लागेको छ भने आठ उपसमूहको सेयर भने उकालो लागेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार