Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बार्सिलोना छाड्ने तयारीमा मेस्सी

    बार्सिलोना छाड्ने तयारीमा मेस्सी

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ लज्जास्पद हार व्यहोरेपछि आर्जेन्टीनाका फुटबल खेलाडी एवम् बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले स्पेनी क्लब बार्सिलोनाबाट अलग्गिन चाहेको जनाएका छन्।

    यसअघि मेस्सीले कुनै पनि हालतमा बार्सिलोना नछाड्ने समाचार सार्वजनिक भएका थिए । १६ वर्षदेखि बार्सिलोनामा खेलिरहेका मेस्सी एकाएक क्लव छाड्ने संकेत देखाउँदा फुटबल क्षेत्रमा चर्चाको विषय बनेको छ । मेस्सीले बार्सिलोना क्लबमा सन् २००४ देखि खेल्न थालेका हुन्।



    मेस्सीका वकिलहरूले फ्याक्स पठाएर क्लबसँगको करारमा रहेको उनलाई तत्काल जान दिन मिल्ने प्रावधानको प्रयोग गरिएको बताएका थिए । यद्यपी बार्सिलोनाले भने त्यो प्रावधान जुन महिनामा नै अन्त्य भइसकेको बताएको छ।



    बार्सिलोना क्लबका अनुसार अहिलेको करार बमोजिम मेस्सी सन् २०२१ को अत्यसम्म क्लबसँग अनुबन्धित छन् र उनलाई कसैले किन्ने हो भने ७० करोड युरोको ट्रान्सफर शुल्क बेहोर्नुपर्छ।

    अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार क्लबको नेतृत्वसँग पनि मेस्सीको टकराव भएको थियो।

    १३ वर्षको उमेरमा सन् २००० मा आर्जेन्टीनाको नीवेल्स ओल्ड बोइजबाट बार्सिलोना क्लब पुगेका मेस्सीले क्लबका निम्ति ७३१ खेलमा कीर्तिमान ६३४ गोल गरेका छन्।

    क्लबका निम्ति उनले १० पटक ला लिगा उपाधि अनि चार पटक च्याम्पियन्स लिग उपाधिसहित ३४ वटा ठूला उपाधि जिताउन योगदान गरे। स्पेनको फुटबल प्रतियोगिता ला लिगामा सबभन्दा धेरै ४४४ गोल मेस्सीकै नाममा छ भने फुटबल च्याम्पियनहरूलाई प्रदान गरिने बालन डो’र उपाधि छ पटक जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार