Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • विश्वकपमा मेस्सीको ११ औं गोल, गाब्रिएलको कीर्तिमान तोडियो

    विश्वकपमा मेस्सीको ११ औं गोल, गाब्रिएलको कीर्तिमान तोडियो

    अर्जेन्टिनाबाट मेस्सी सर्वाधिक गोलकर्ता

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 726
    SHARES

    काठमाडौं । कतार विश्व कप फुटबलमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले पाँच गोलका साथ सर्वाधिक गोलकर्तामा फ्रान्सका किलियन एम्बाप्पेसँग बराबरी गरेका छन् ।

    लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको खेलमा जुलियन अल्भारेजले २ र कप्तान मेस्सीले १ गोल गरे । मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् । मेस्सी अर्जेन्टिनाका लागि ११ गोलका साथ विश्व कपको सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।



    मेस्सीले विश्व कपमा ११ गोल गरेर ग्याब्रिएल बाटिस्टुटाको कीर्तिमान तोडेका छन् । बाटिस्टुटाले १० गोल गरेका थिए । मेस्सीले फिफा विश्व कपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान पनि बराबरी गरेका छन्।



    मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबरी गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार