Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुशान्त आत्महत्या: ड्रग्सदेखि अन्डरवर्ल्डसम्म कनेक्सन, रिया र सन्दीपको धन्दा

    सुशान्त आत्महत्या: ड्रग्सदेखि अन्डरवर्ल्डसम्म कनेक्सन, रिया र सन्दीपको धन्दा

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 4.2K
    SHARES

    एजेन्सी। बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा सीबीआईको अनुसन्धान तीव्र गतिमा अगाडि बढिरहेको छ।

    सुशान्त आत्महत्या प्रकरणमा उनकी  प्रेमिका रिया चक्रवर्तीमाथि बिभिन्न प्रश्नहरु खडा हुँदै अहिले ‘ड्रग्स कनेक्सन’को कुरा बाहिर आएको छ। ।



    सुशान्तकी  प्रेमिका रिया र उनको परिवारले पैसाको लागि हत्या गरेको दावी गरिएको यो मुद्धामा अब ‘ड्रग्स कनेक्सन’ पनि बाहिर आएपछि घटनाले नयाँ मोड लिएको छ।  बलिउडभित्र ‘ड्रग्स’ को ठूलो खपत हुने गरेको र अधिकांश कलाकार ड्रग्सको कुलतमा छन्।



    रिया चक्रवर्ती र उनको परिवारको सम्पत्तिको हिसाब गरिरहेको इन्फोर्समेन्ट एजेन्सी (इडी) ले एउटा रिपोर्ट सीबीआईलाई दिएको छ । जसमा रियाले डिलिट गरेको ८ वटा वाट्सऐप च्याटलाई प्राविधिकहरूको सहयोगले ‘रि–ट्राइभ’ गरिएको थियो। यसबाट ‘ड्रग्स कनेक्सन’ को रहस्य खुलेको थियो।

    सरकारले अब सुशान्तको निधनको मुद्धा ‘ड्रग्स कनेक्सन’ को एंगलले पनि गर्नेछ। यसका लागि अब नारकोटिक एजेन्सीले पनि छानवीन गर्ने भएको छ। भारतमा लागु औषध प्रयोगकर्तालाई पनि जेलको सजाय छ।

    सुशान्तको मृत्‍यु प्रकरणले  ड्रग्स, अन्डरवर्ल्ड र मुम्बईप्रहरीसम्म कनेक्सन देखिएको छ। सीबीआईले  मुम्बई प्रहरीका केही अधिकारीदेखी सुशान्तको पोष्टमार्टम भएको  कुपर अस्पतालका अधिकारीसमेतलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ।

    अन्डरवर्ल्ड डन दाऊद इब्राहिमसँग संदीप सिंहको फोटो भाइरल  !

    सन् २०१३ मा  सन्दीप सिंह आफैले इन्स्टामा एउटा फोटो शेयर गरे । त्यसपछि सन्दीपले निर्देशक संजय लीला भन्सालीसँग काम गरे। यो फोटो गोलियोन की रासलीला राम-लीला फिल्मको दौरान क्लिक गरिएको थियो। सुशान्त केसमा फिल्म निर्माता सन्दीप सिंह अचानक प्रश्नहरूले घेरिएका छन्।

    सन्दीपको दुबई कनेक्सनको  कुरा बाहिर आउँदैछ। यसैबीच, सन्दीप सिंहका फिल्म निर्माता संजय लीला भन्साली, रणवीर सिंह र दीपिका पादुकोणको पुरानो तस्बिर भाइरल भइरहेको छ।

    यो तस्विर हेरेर प्रयोगकर्ताहरूले दावी गरे कि सन्दीप सिंहसँग फोटोमा बसिरहेको एक व्यक्ति अन्डरवर्ल्ड डन दाऊद इब्राहिम हो। तर, यसको आधिकारीकता भने पुस्टि भएको छैन।  सुशान्तको मृत्युपछि कुपर अस्पतालदेखि दाहसंस्कारसम्म सन्दीप सिंह जताततै देखा परे । सन्दीप सिंहले हरेक अन्तर्वार्तामा उनी सुशान्तको नजिकको साथी भएको दाबी गरेका छन् । तर सुशान्तका परिवारका सदस्यहरूले सन्दीपलाई नचिनेको र साथी हुन नसक्ने भनिरहेका छन्।

    सन्दीपले भने कि उनी सुशांतको साथमा  फिल्म बनाउन लागेका थिए। दुबैले पनि यस प्रोजेक्टको बारेमा धेरै पटक कुरा गरे। सन्दीपलाई अब सीबीआईले के गर्छ ? हेर्न बाँकी छ। ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार