Online Nepal
  • बुधबार, १६ जेष्ठ २०८१
  • सवारी ज्यान मुद्धाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

    सवारी ज्यान मुद्धाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 2.8K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । सवारी ज्यान मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले मादी गाउँपालिका–१० वार्चे घर भएका पस बहादुर गुरुङलाई पक्राउ गरेको हो ।

    ५८ वर्षीय पस बहादुरले १७ वर्षअघि एक व्यक्तिको ज्यान लिनेगरी सवारी दुर्घटना गराएका थिए । सो मुद्धामा कास्की जिल्ला अदालतले २०६० जेठमा उनलाई २ वर्ष ११ महिना कैद सजाय हुने फैसला गरेको थियो ।



    अदालतको फैसलापछि फरार रहेका पसबहादुरलाई मादी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक (एसपी) जिवन श्रेष्ठले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार