Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • राष्ट्रियसभा जाने बामदेवकाे हुटहुटीले नेकपामा फेरि विवाद बढ्ने संकेत

    राष्ट्रियसभा जाने बामदेवकाे हुटहुटीले नेकपामा फेरि विवाद बढ्ने संकेत

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएकाे विवाद पूर्ण रूपमा साम्य हुन नपाउँदै फेरी विवाद बढ्ने संकेत देखिएकाे छ । पछिल्लाे समय नेकपा उपाध्यक्ष बामदेव गौतमले फेरी राष्ट्रियसभामा जाने इच्छा व्यक्त गरेसँगै पार्टीभित्र विवाद बढ्ने संकेट देखिएकाे नेताहरूले बताएका छन् ।

    सरकारले राष्ट्रियसभामा रिक्त रहेको एक पदमा भदौ २० गते भित्र नियुक्ति कसलाई गर्नेछ भन्ने चासोकाबीच उपाध्यक्ष गौतमको नाम फेरि चर्चामा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहेपनि पार्टीभित्र बामदेवलाई राष्ट्रियसभामा लैजानुपर्ने मत बलियो बन्दै गएको छ ।



    पार्टी स्रोतका अनुसार पछिल्लो केही दिनयता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबीच गौतम नै राष्ट्रिय सभामा जानुपर्ने विषयमा छलफल भएको हो । प्रचण्ड, नेपाल र खनालले यस विषयमा गौतमसँग पनि छलफल गरेको र सो क्रममा गौतमले पार्टीले निर्णय गरेको खण्डमा आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएका छन् ।



    वामदेव गाैतमलाइ राष्ट्रियसभामा लगेर उप्रधानसहित अर्थमन्त्रीकाे जिम्मेवारी दिन सकिने तर्फ पनि छलफल शुरू भएकाे एक नेताले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार