Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सरकारले कृषिको अन्तर्राष्ट्रिय बजार सुनिश्चित गर्न सकेन : बामदेव गौतम

    सरकारले कृषिको अन्तर्राष्ट्रिय बजार सुनिश्चित गर्न सकेन : बामदेव गौतम

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 873
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले विदेशबाट खाद्यवस्तु आयातमा रोक लगाउनुपर्ने बताएका छन् ।

    आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि राष्ट्रियसभामा भइरहेको छलफलमा भाग लिँदै गौतमले यस्तो बताएका हुन् । गौतमले खाद्यवस्तुमा आत्मनिर्भर हुनुपर्ने र विदेशबाट खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताए।



    गौतमले भने, ‘आगामी आर्थिक वर्षभित्र खाद्यवस्तुमा आन्तनिर्भरता, कृषिभूमिको चक्लावन्दी, कृषि उत्पादनको व्यवसायीकरण र औद्योगिकरण, राष्ट्रिय बजारको संरक्षण तथा आत्मनिर्भरता, सुनिश्चितभन्दा पहिले खाद्यवस्तुको निर्यातमा रोक लगाउनुका साथै विदेशबाट सम्पूर्ण खाद्यवस्तुको आयातमा प्रतिबन्ध लगाउनुपर्छ। यो ९९ प्रतिशत नेपालीलाई गरिब र १ प्रतिशत मुठ्ठीभर व्यक्तिलाई अकुत सम्पत्ति कमाउने संरचना बनेको छ ।’



    नेपालमा २६ लाख हेक्टर कृषियोग्य भूमि रहेको भन्दै गौतमले यदि कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नू पर्ने बताए । प्रतिवर्ष १० लाख जनालाई रोजगारी दिन सकिने गौतको भनाई छ ।

    कृषिलाई लगातार ५ वर्षसम्म पहिलो प्राथमिकतामा राखेर काम गर्दा ३० लाख भन्दा बढीले रोजगारी पाउने र अर्को ५ वर्षसम्म पहिलो प्राथमिकतामा राख्ने हो भने विदेशमा रोजगारी गर्ने सबै नेपालीलाई स्वदेशमै रोजगारी दिन सकिने गौतमले दाबी गरे ।

    सरकारले कृषिलाई प्राथमकिता नदिएको, कृषि उपजको राष्ट्रिय बजारको संरक्षण र अन्तर्राष्ट्रिय बजारको सुनिश्चित गर्न नसकेको भन्दै उनले चलनचल्तीमै रुमल्लिएको टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार