Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बामदेव गौतमको पार्टीमा सात जना उपाध्यक्ष, एकजना महासचिव हुने

    बामदेव गौतमको पार्टीमा सात जना उपाध्यक्ष, एकजना महासचिव हुने

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 900
    SHARES

    काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय हुने भएको छ ।

    बामदेव गौतम संयोजक रहने गरी मंगलबार घोषणा भएको पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ ।



    पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताएका हुन् । घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एकजना महासचिव हुनेछन् ।



    यस्तै एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने गौतमले बताए । उनका अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ ।

    पार्टी घोषणासभामा पदाधिकारीको भने उनले घोषणा गरेनन् । यस्तै गौतम संयोजक रहेको सचिवालय निमार्ण गर्ने र त्यसले अरु दलहरुसँग वार्ताका लागि समन्वय गर्ने उक्त पार्टीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार