Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सेनालाई हामीले अपमान गर्न हुँदैन, संख्याबारे बहस नगरौं : बामदेव गौतम

    सेनालाई हामीले अपमान गर्न हुँदैन, संख्याबारे बहस नगरौं : बामदेव गौतम

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 477
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले खर्च घटाउने नाममा सेनाको आकार घटाउने विषयमा छलफल गर्नु उचित नहुने बताएका छन् ।

    बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै गौतमले नेपाली सेनाको संख्या घटाउने विषय औचित्यहीन र अनावश्यक भएको बताएका हुन् ।



    गौतमले भने, ‘राज्यका चार अंग छन्, एउटा अंग कमजोर भयो भने हामीले दुर्घटना ब्यहोर्ने भन्दा केही हुन्न । त्यसैले नेपाली सेनालाई हामीले अपमान गर्न हुँदैन । त्यो सेना, गौरवगाथा बोकेको सेना, त्यो इतिहास पढनुपर्छ, दोहोर्‍याएर पढनुस् म ती साथीहरुलाई अनुरोध गर्छु, जसले सेनाको संख्या घटाउनुपर्छ, त्यसबाट बचेको पैसाले देश विकास गर्नुपर्छ भन्छ ।’



    कुनै पनि राज्य बन्नका लागि भूमि, अधिकार सम्पन्न जनता, स्वतन्त्र सरकार र सेना गरी चार अंग आवश्यक पर्ने गौतमले बताए । ती चार अंगमध्ये एउटा अंग कमजोर भए पनि दुर्घटना व्यहोर्नुपर्ने उनको भनाइ छ ।

    नेपाली सेनाले धेरै अप्ठयारो परेका बेला नेपालको रक्षा गरेको भन्दै गौतमले सेनाबारे बहस गर्नेहरुलाई इतिहास पढ्न सुझाव दिए । राजाले निर्माण गरेको शक्ति भए पनि नेपाली सेनाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई समर्थन गरेर जनताले जे निर्णय गर्छन्, त्यो हामी शिरोधार्य गर्छौ भनेर भनेको उनले बताए ।

    खर्च घटाउन प्रतिनिधिसभाका सदस्यहरुको संख्या घटाउन सकिने, राष्ट्रियसभा नै खारेज गरे पनि हुने भन्दै उनले सेनाको आकार घटाउन नहुने बताए । उनले संविधानमा संघीय व्यवस्था भएकाले मात्र प्रदेश संरचना आवश्यक देखिएको नभए त्यसको पनि कुनै अर्थ नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार