Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एक हप्ताभित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न गौतमको माग

    एक हप्ताभित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न गौतमको माग

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 606
    SHARES

    काठमाडौं । राष्ट्रियसभाका सांसद बामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गरेका छन् ।

    सांसद गौतमले राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो पनि तत्काल लगाउन अध्यक्ष तिमिल्सिनाको पुनः ध्यानाकर्षण गराएका हुन् ।



    राष्ट्रियसभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उनले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए ।



    सांसद गौतमले ज्येष्ठ सदस्यको हैसियतमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार