Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • माधवलाई सरकारमा सहभागी हुन बामदेवको सुझाव, भन्छन् – प्रचण्डले फूलमालाले स्वागत गर्नुपर्छ

    माधवलाई सरकारमा सहभागी हुन बामदेवको सुझाव, भन्छन् – प्रचण्डले फूलमालाले स्वागत गर्नुपर्छ

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 651
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कम्युनिस्ट नेता बामदेव गौतमले नयाँ सरकारमा सहभागी हुन सुझाव दिएका छन् ।

    एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि कुराकानी गर्दै राष्ट्रिय एकता अभियानका संयोजक गौतमले प्रधानमन्त्री प्रचण्डलाई यस्तो सुझाव दिएका हुन् । उनले समाजवादीलाई वर्तमान सत्तारुढ गठबन्धनमा सामेल नगराउनु प्रधानमन्त्री प्रचण्डको भूल भएको बताए ।



    उनले प्रचण्डले माधव नेपालसँग सम्मानजनक छलफल नगरी एक्लै सामेल हुनु आलोचनाको विषय भएको बताउँदै प्रचण्डले एउटा मित्रलाई सम्मानजनक व्यवहार नगरेको बताए । गौतमले एकीकृत समाजवादीलाई प्रचण्ड नेतृत्वको सरकारमा निःशर्त सहभागी हुन सुझाव दिए ।



    ‘संविधानलाई ट्रयाकमा ल्याउन प्रचण्ड प्रमुख भूमिकामा देखिए पनि त्यसको आधा मुटु, आधा ब्रेन, आधा शक्ति माधवकुमार नेपाल हुन् । माधवकुमार नेपाल त्यहाँबाट छुट्नु हुँदैन । प्रचण्डले उहाँलाई बोलाएर फूलमाला लगाएर गठबन्धनमा लैजानुपर्छ ।’ मंगलबार तीनकुनेस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा नेपालसहित सो पार्टीका नेताहरूसँग गौतमले लामो छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार