Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुनकाण्डमा छानबिन समिति बनाउँदा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्छ : बामदेव गौतम

    सुनकाण्डमा छानबिन समिति बनाउँदा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्छ : बामदेव गौतम

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 666
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले उच्चस्तरीय छानबिन समिति गठन गरे सुनकाण्डमा भइरहेको छानबिन पनि प्रभावित हुने बताएका छन् ।

    बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले नेकपा एमालेको माग अनुसार छानबिन समिति गठन गरे अनुसन्धान प्रभावित हुने बताएका हुन् ।



    गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने मागले अहिलेको अनुसन्धानलाई नै प्रभाव पर्ने जिकिर गरे ।



    गौतमले भने,’उच्चस्तरीय छानबिन आयोग बनाउने प्रस्ताव आएको छ । त्यसमा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्री पनि संलग्न हुनुहुन्छ त्यसकारण उच्चस्तरीय छानबिन आयोग बन्नुपर्छ । त्यो निर्माण गर्दाबित्तिकै कार्यादेश हुन्छ । क्षेत्राधिकार कहाँसम्म पुग्ने भन्ने हुन्छ । त्यहाँ प्रधानमन्त्री, अर्थतमन्त्री, गृहमन्त्रीसम्म प्रवेश गर्न अधिकार माग्दछ । प्रधानमन्त्रीलाई निलम्बन गर्ने व्यवस्था छैन, प्रधानमन्त्रीले राजीनामा गर्नपर्छ । राजीनामा गरेपछि अर्को प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु हुन्छ । जसले यो छानबिनलाई ओझेलमा पारिदिन्छ । त्यसले कामै गर्नसक्ने स्थिति उत्पन्न हुन्न ।’

    उच्चस्तरीय छानबिन समिति गठन गरेपछि पनि क्षेत्राधिकार र कार्यदेशको प्रश्न उठ्न सक्ने र प्रधानमन्त्रीले समेत राजीनामा गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन प्रकरणको छानबिनका लागि नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।

    एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने अहिले भइरहेको छानबिन पनि प्रभावित हुने नेता गौतमले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार