Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतीय सेनाले १९६२ मा भन्दा ठुलाे क्षति व्यहाेर्नु पर्ने चीनकाे चेतावनी

    भारतीय सेनाले १९६२ मा भन्दा ठुलाे क्षति व्यहाेर्नु पर्ने चीनकाे चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 6.2K
    SHARES

    काठमाडौं। भारत र चीनबीच लद्दाखकाे पेगोंग तालमा भएको झडपले दुवै देशले सीमा क्षेत्रमा ठुलाे मात्रमा सुरक्षाकर्मी परिचालन गरेका छन्। साेही क्रममा चीनले भारतलाई आफूसँग प्रतिस्पर्धामा नउत्रिन चेतावनी समेत दिएको छ ।

    चीनले आफूसँग प्रतिस्पर्धामा उत्रिए चीनको जनमुक्ति सेना भारतलाई अतीतमा भन्दै धेरै क्षति पुर्याउन सक्षम रहेको चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले समाचार लेखेकाे छन्। उक्त टाइम्सले भारतीय सेनाले नै पहिले विध्वंशक कदम उठाएको र भारतले नै पहिले संघर्ष सुरु गरेको भन्दै आफ्नो घरेलु समस्याबाट ध्यान मोड्न चीनसँग संघर्षमा उत्रिएको बताएको छ ।



    ग्लोबल टाइम्सले अगाडि लेखेको छ ‘यदि भारतले सैन्य क्षमता प्रदर्शन गर्छ भने पिएलएले भारतीय सेनालाई १९६२ मा भन्दा धेरै नोक्सानी पुर्याउनेछ ।’ पछिल्लो संघर्षले भारतले गलवान घाटीमा भएको संघर्षबाट पाठ नसिकेको देखिएको बताउँदै उसले २०१७ मा डोकलाम संघर्षपछि चीन र भारतबीच तनावपूण स्थिति बनेको र यही स्थिति रहेमा सीमामा साना ठूला संकट सामान्य हुने र यसको लागि दुवै देश तयार रहनुपर्ने चेतावनी दिएको छ ।



    भारतले शक्तिशाली चीनको सामना गरिरहेको कुरालाई ध्यान दिनु जरुरी रहेको बताउँदै ग्लोबल टाइम्सले पिपुल्स लिबरेशन आर्मी देशको एक–एक इन्च जमिनको सुरक्षा गर्न पयाृप्त रहेको बताएको छ । चीन दक्षिण पश्चिम सीमा क्षेत्रमा बलियो भएको र कुनै पनि स्थितिको लागि तयार रहेको बताउँदै ग्लोबल टाइम्सले भारतले सह अस्तित्व चाहेमा स्वागत गर्ने र भारतले कुनै किसिमको चुनौती दिएमा चीनसँग भारत भन्दा धेरै हतियार र क्षमता भएको प्रस्ट पारेको छ । चीन भारतभन्दा कैयौं गुणा शक्तिशाली भएको र दुई देशबीच कुनै तुलना नभएको बताउँदै चीनले भारतको भ्रम अन्त्य गर्नुपर्ने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार