Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुशान्त आत्महत्या : रियाको सम्बन्ध ड्रग्स तस्करहरुसँग, दुई कारोबारी पक्राउ

    सुशान्त आत्महत्या : रियाको सम्बन्ध ड्रग्स तस्करहरुसँग, दुई कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 5.9K
    SHARES

    एजेन्सी। बलिउडका अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी ) ले  ड्रग्सका अर्का एक खुद्रा व्यापारीलाई  नियन्त्रणमा लिएको छ। पक्राउ परेका ड्रग्स व्यापारीको नाम बाजित परिहार हो।

    एनसीबीले पक्राउ गरेका अर्का ड्रग्स व्यापारीलाई जैदको बयानका आधारमा बाजित परिहार पक्राउ परेका हुन । जैदले सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीका भाई शोभिकको नाम पोलेका थिए । सुशान्त केसमा रिया  र उनको भाइको सम्बन्ध ड्रग्स तस्करहरुसँग जोडिएको देखिन्छ।



    यसैबीच सीबीआई र ईडीको सोधपुछको क्रममा रिया चक्रवर्ती र उनको परिवार चिन्तित भइरहेका छन्। सीबीआईले आज रियाका अभिभावकलाई दोस्रो दिन सोधपुछ गर्ने छ। हिजो, सीबीआईले रियाका बुबा इन्द्रजित चक्रवर्ती र आमा संध्या चक्रवर्तीसँग बयान लिएको थियो।



    सुशान्त केसमा रिया चक्रवर्ती र उनको भाइको सम्बन्ध ड्रग तस्करहरुसँग जोडिएको देखिन्छ। सुशांत ड्रग्स प्रकरणमा ऋषभ ठक्कर भन्ने व्यक्ति उल्लेख गरिएको छ। रियाले ऋषभसँग लागूपदार्थको बारेमा व्हाट्सएप च्याट गरेकी थिइन ।

    ऋषभलाई हिजो ईडी द्वारा ८ घण्टा सोधिएको थियो। । यस बाहेक एनसीबीले अर्को ड्रग्स तस्करलाई हिजो राती पक्राउ गरेको छ, जसले शोभिकसँग परिचित भएको कुरा स्वीकार गरेको छ। रियाको भाई शोभिकले उनीबाट लागूपदार्थ सेवन गरेको कुरा तस्करले खुलासा गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार