Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • चीनलाई शक्ति देखाउन लिपुलेकमा भारतीय लडाकु विमानकाे गस्ती

    चीनलाई शक्ति देखाउन लिपुलेकमा भारतीय लडाकु विमानकाे गस्ती

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 3.7K
    SHARES

    दार्चुला । छिमेकी चीनसँग सीमा विवादमा अल्झिरहेको भारत अहिले भने नेपालकाे सीमा क्षेत्रमा लडाकु विमान मार्फत शक्ति प्रदर्शन गरिरहेको छ ।

    पछिल्ला दिनहरुमा भारत र चीनबीचको सीमा विवाद झन् बढ्दो क्रममा रहेको छ । केही दिनअघि दुई देशका सैनिक बीच ढुंगामुढा तथा हात हालाहाल हुँदा केही भारतीय सैनिक हताहत भएको खबर समेत बाहिरिएको थियो । सोहीकारण पनि सीमामा भारतीय गतिविधि बढिरहेको बुझिएको छ ।



    नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरिरहेको भारतले अहिले सो क्षेत्रमा चीनलाई देखाउनका लागि शक्ति प्रदर्शन गरेको बुझिएको छ । चिनियाँ पक्षले आफ्नो सीमा क्षेत्रमा लडाकु विमान ल्याएको अनुमान गरेको भारतले पनि लिपुलेक लगायतका चीनको सीमा नजिक आफ्नो लडाकु विमानबाट गस्ती सुरु गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



    मंगलबार र बुधबार भारतका सैनिक विमानले गस्ती गरेको र लिपुलेक लगायतको क्षेत्रमा भारतीय सैनिकको उपस्थिति समेत बढाइएको दावी भारतीय मिडियाले गरेको छ । अर्कोतर्फ चीनले पनि भारतसँग विवाद भएका क्षेत्रमा सैनिक बल दोब्बर बनाएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार