Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेपालले लिपुलेकमा सेनाको बटालियन खटाएको भन्दै भारतमा हलचल

    नेपालले लिपुलेकमा सेनाको बटालियन खटाएको भन्दै भारतमा हलचल

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 8.3K
    SHARES

    एजेन्सी। भारत र चीनबीच लद्दाखकाे प्याङगोङ तालमा भएको झडपले दुवै देशले सीमा क्षेत्रमा ठुलाे मात्रामा सुरक्षाकर्मी परिचालन गरेका छन्।

    भारत र चीनका सैनिकबीच प्याङगोङमा भएको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएपछि भारतीय मिडियाहरुले फेरी नेपाललाई चीनसँग जोडेर गलत समाचार प्रकाशित गर्न थालेका छन्।



    आजतकले फेरी नेपाललाई चीनको निर्देशनमा चल्ने गरेको मनशायले समाचार प्रकाशित गर्दै भनेको छ,- ‘भारतलाई अहिले सबै छिमेकी देशहरूले निरन्तर हैरान पारिरहेका छन्। चीनसँग निरन्तर तनावको स्थिति छ। बेला बेलामा पाकिस्तान र नेपालसँग पनि बिबाद भइरहेको छ। जसले भारतलाई समस्या परिरहेकाे छ।’



    भारतीय मिडिया आजतकले  गलत समाचार प्रवाह गर्दै थप भनेको छ, ‘भारत र नेपालबीच विगत केही महिनादेखि लिपुलेक , कलापानी र लिम्पियाधुराको बारेमा विवाद भइरहेको छ। नेपालको नजीक, लिपुलेक एउटा यस्तो क्षेत्र हो जहाँ भारत, नेपाल र चीनको सीमा जाेडिन्छ। यसलाई ट्रिसेक्सन भनिन्छ। अब नेपालले सेनाको सम्पूर्ण बटालियन यस क्षेत्रमा खटाइसकेको छ। यस बटालियनलाई भारतीय सेनाका सबै गतिविधिहरूमाथि नजर राख्न आदेश दिइएको छ।

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारले गृह मन्त्रालय मार्फत सेनालाई आदेश जारी गरेका थिए। यो भनिएको थियो कि भारत र चीनबीच चलिरहेको तनावलाई ध्यानमा राखी लिपुलेख सीमाको कडा निगरानी आवश्यक छ। यसपछि  सशस्त्र प्रहरी बलको ४४औं बटालियन यहाँ खटाइएको थियो।

    लिपुलेकमा नेपालकाे मात्र हाेइन चीनकाे १५० लाइट कम्बाइन्ड आर्म्स ब्रिगेडका जवान तैनाथ छन्। गत महिना चीनले यी सैनिकहरूलाई तैनाथ गरेको थियो। लिपुलेखबाट करिबव १० किलोमिटर टाढा, त्यहाँ पला भन्ने क्षेत्र छ, चिनियाँ सैनिकहरू पनि यहाँ छन्।

    भारतले १७ हजार फिटकाे लिपुलेकमा उत्कृष्ट सडक निर्माण गरेको छ। सडक बनाउँदा नेपालले कुनै आपत्ति जनाएन। तर, यसपछि भारत र नेपालबीच यस मुद्दामा बयानबाजी र तनाव उत्पन्न भयो। यसमा चीनले नेपाललाई सहयोग गरिरहेको छ।

    आजतक थप लेख्छ, ‘नेपालले यसका दावी मात्र गरेन, नयाँ नक्सा पनि जारी गर्‍यो। यसमा लिपुलेक पनि समावेश गर्‍यो। भारतले यसको विरोध गर्‍यो। भारत र चीन बिच लद्दाख  भएको तनावको बीचमा नेपालले पनि धेरै सक्रियता देखाउन खोजिरहेको छ।

    नेपालले पनि अक्सर चीनको भाषा बोल्छ। चीनले लिपुलेकको मानसरोवर तालको किनारमा भूमिबाट हावामा मिसाइलको निर्माण गरिरहेको छ। चीनले कस्तो किसिमको मिसाइल त्यहाँ खटाउने भनेर अझै स्पष्ट छैन। तर यो क्षेत्र भारतीय सिमानादेखि टाढा छैन, त्यसैले त्यहाँ खतरा छ।

    भारतले लिपुलेखबाट मानसरोवर यात्राको लागि नयाँ मार्ग सिर्जना गरेको छ।भारतले बनाएको ८० किलोमिटर लामो सडकमा नेपालले आपत्ति जनाएको छ। चीनले भर्खरै एक हजार भन्दा बढी सैनिकहरू लिपुलेकको वरिपरि तैनाथ गरेको थियो। किनभने चीन नेपाललाई उसँग रहेको देखाउन चाहन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार