Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • धरानमा १ घण्टाकाे फरकमा दुई कोरोना संक्रमितको मृत्यु

    धरानमा १ घण्टाकाे फरकमा दुई कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 2.6K
    SHARES

    काठमाडाैं । धरानमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीको राजविराज नगरपालिका-७ का ५० र ५५ वर्षका पुरुषको बिहीवार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

    ५५ वर्षीय पुरुषको सवा १ बजे र ५० वर्षका पुरुषको दिउँसो २ बजे करिब एक घण्टाको अन्तरमा मृत्यु भएकाे थियाे । ५५ वर्षीय पुरुष ७ भदौमा प्रतिष्ठानमा भर्ना भएका थिए । उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । उनलाई छिन्नमस्ता अस्पताल सप्तरीले प्रतिष्ठानमा रेफर गरेको थियो ।



    यस्तै ५० वर्षीय पुरुषलाई बिहीबार दिउँसो ल्याइएको थियो । बिहीबार दिउँसो १ः २० मा भर्ना भएका ५० वर्षीय पुरुषको २ बजे मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । उनमा श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएको थियो । चार दिनयता सिकिस्त बिरामी भएका उनी मधुमेहको रोगी रहेको पनि सापकोटाले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार