Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • रुपन्देहीमा २ काेराेना संक्रमितको मृत्यु

    रुपन्देहीमा २ काेराेना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २० भाद्र २०७७
  • 2.5K
    SHARES

    बुटवल । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । एक महिला र एक पुरुषको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारकाे क्रममा उनीहरूकाे ज्यान गएकाे हाे।

    बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । दुवैमा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।



    उनका अनुसार नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज (शनिबार) बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हाे। योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार