Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • विराटनगरका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

    विराटनगरका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २० भाद्र २०७७
  • 2.3K
    SHARES

    विराटनगर । विराटनगर महानगरपालिका घर भएका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

    शुक्रबार साँझ कोशी अस्पतालमा मृत्यु भएकी महिलाको शनिबार बिहान ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए।



    त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर घर भएकी कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार