Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • काठमाडौंका ३ सहित ९ जना थपिदा नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो

    काठमाडौंका ३ सहित ९ जना थपिदा नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, २० भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ९ को मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले मृतकमा ३ जना महिला र ६ जना पुरुष औपचारिक रुपमा पुष्टि भएको जानकारी गराएका हुन् ।



    यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।



    डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
    त्यसैगरी काठमाडौँका ३ जना ४१ वर्षीय, ५९ वर्षीय र ६५ वर्षीय पुरुषतथा पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुष रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार