Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतमा २४ घण्टामा थपिए ९० हजार कोरोना संक्रमित

    भारतमा २४ घण्टामा थपिए ९० हजार कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 2.7K
    SHARES

    एजेन्सी । भारतमा कोरोना संक्रमितको आँकडामा पछिल्लो पाँच दिनमा एकपटक पनि गिरावट देखिएको छैन ।

    शनिबार यो रेकर्ड ९० हजार पार पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ कूल ९० हजार ६ सय कोरोना संक्रमित भेटिएका छन् ।



    हालसम्म यहाँ ४१.१० लाख संक्रमति भेटिइसकेका छन् । यस्तै एकैदिन यहाँ ७३ हजार बिरामी निकोसमेत भइसकेका छन् । यससँगै यहाँ निको हुनेको संख्या ३१.७७ लाख पुगेको छ ।



    पछिल्लो २४ घण्टामा भारतमा १ हजार ४४ को मृत्यु भएको छ भने हालसम्म यो संक्रमणले भारतमा ७० हजार ६ सय ७९ ले ज्यान गुमाइसकेका छन् ।

    ८.६१ लाख बिरामीको उपचार चलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार