Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • वामदेव भन्दा आफु योग्य भन्दै यी महिलाले दिइन प्रधानमन्त्रीलाई निवेदन

    वामदेव भन्दा आफु योग्य भन्दै यी महिलाले दिइन प्रधानमन्त्रीलाई निवेदन

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । आफुलाई राष्ट्रियसभाको रिक्त एक सिटमा नियुक्ती गर्नु पर्ने माग राखेर चितवनकी तारा बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएकी छिन् ।

    आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि आफू योग्य भएको उल्लेख गर्दै निवेदन दिएको बताएकी छिन् । उनले यदि आफूलाई नियुक्त नगरी सरकारले चित्तबुझ्दो जवाफ नदिए अदातलको ढोका ढक्ढकाउने चेतावनी समेत दिएकी छिन् ।



    उनले राष्ट्रियसभा जस्तो गरिमायुक्त सदनलाई चुनाव हारेका व्यक्तिहरु थुपार्ने ठाउँ बनाउन लागेको भन्दै त्यसको गरिमालाई कायम राख्न आफू योग्य व्यक्ति भएको उनको जिकिर छ ।



    सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक सिटमा नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई लैजानेबारे नेकपाले निर्णय गरेको छ । यद्यपि यसबारे सरकारले हालसम्म राष्ट्रपतिलाई सिफारिस भने गरेको छैन ।

    उनले दिएको निवेदनमा भनिएको छ, ‘यदि मलाई अयोग्य ठहर्याएर चुनाव हारेको वामदेवलाई योग्य ठहर्याए भने म त्यसको कानूनी जवाफ पनि खोज्छु । मलाई लिखित जवाफ चाहिन्छ भनेर उल्लेख गरेर नै निवेदन हालेको छु । यदि मलाई अयोग्य ठह-याइयो भने हारेको व्यक्ति योग्य र म किन अयोग्य भनेर अदालत जाने सोच पनि बनाएको छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार