Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एकै गाउँका चार बालबालिका बेपत्ता

    एकै गाउँका चार बालबालिका बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 4.3K
    SHARES

    सोलुखुम्बु । साेलुखुम्बुकाे माप्य दुधकोशी गाउँपालिका-२ बासाका चार बालबालिका बेपत्ता भएका छन् ।

    स्थानीय कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण राई र आठ वर्षीय सुदिप राई, सोही गाउँका आङछिरि राईका सात वर्षीय छोरा फ्रान्सीस राई र साढे दुई वर्षीया छोरी सिजल राई बेपत्ता हुन् ।



    साँझपख खेल्नभनी घरबाट निस्केका उनीहरु नफर्किएको बासाखाली माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए ।



    उनका अनुसार शनिबार साँझ देखि नै गाउँलेले खोजी कार्य जारी राखे पनि हालसम्म अवस्था पत्ता लागेको छैन । उनीहरुलाई देख्ने जो कोहीले ९८४४६६०५०८ मा सम्पर्क गरि खबर गरिदिन परिवारले अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार