Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काेराेनाकाे कहर: भारत दोस्रो नम्बरमा

    काेराेनाकाे कहर: भारत दोस्रो नम्बरमा

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९० हजार बढी संक्रमित भेटिएका छछन् । यसका साथै यहाँ कूल संक्रमितको संख्या ४२ लाख नाघेको छ । संसारभरी यतिबेला भारत ब्राजिललाई पछि पारेर कोरोना संक्रमणको दोस्रो सर्वाधिक प्रभावित देश बनेको छ ।

    पछिल्लो सात दिनमा हरेक दिन ७५ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । अर्थव्यवस्थालाई गती दिने उद्देश्यले सरकारले लकडाउनको प्रतिबन्ध हटाएको छ । यता कोरोना संक्रमण भने दिनानुदिन बढ्दो छ ।



    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार भनेको छ, ‘पछिल्लो २४ घण्टामा देशमा कोरोनाका कारण १०१६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको कूल संख्या ४२,०४,६१४ भएको छ जसमा ८,८२,५४२ सक्रिय संक्रमित छन् ।’ भारतमा कोरोनाद्वारा संक्रमित भएपछि ३२,५०,४२९ मानिसहरु ठिक भएका छन् । यो महामारीले अहिलेसम्म ७१,६४२ को ज्यान लिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार