Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुशान्त आत्महत्या प्रकरणमा प्रेमिका रिया चक्रवर्ती पक्राउ

    सुशान्त आत्महत्या प्रकरणमा प्रेमिका रिया चक्रवर्ती पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 4.2K
    SHARES

    एजेन्सी।  नार्कोटिक कन्ट्रोल व्युरो( एनसीबी)ले  बलिउडका अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा उनकी प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गरेको छ ।

    एनसीबीले तीन दिनसम्म ड्रग्स प्रकरणमा सोधपुछ गरेपछि  आज रिया चक्रवर्तीलाई  पक्राउ गरेको भारतीय संचार माध्यमले जनाएका छन्।



    सुशान्त आत्महत्या प्रकरणमा सीबीआईले पनि अनुसन्धान गरिरहेको छ। रियालाई पक्राउ गर्नु अघि एनसीबीले  लगातार वयान लिएको थियो।



    यसअघि एनसीबीले रिया चक्रवर्तीका भाई समेत रहेका लागूऔषध केसमा शोभिक चक्रवर्तीलाई पक्राउ गरेको थियो ।

    भारतीय मिडियाका अनुसार एनसीबीले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको घरमा छापा मारेपछि एक पछि अर्को पोल खुल्दै गएको छ । एनसीबीले शोभिक र सुशान्तका दुई कर्मचारी शमूएल मिरन्डा र दीपेशलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ।

    लागूऔषध प्रकरणमा एनसीबीले हालसम्म २ औषधि पसलहरुलाई पक्राउ गरेको छ , एक जना हिरासतमा छन् ।

    पक्राउ परेका लागूऔषध कारोबारीले रियाको भाई शोभिक र सुशान्तको स्टाफ शमूएल मिरन्दाको नाम पोलेका थिए ।

    एनसीबीले लागूपदार्थको सम्बन्धमा ठोस प्रमाण खोजिरहेको थियो। शोभिकको नाम रियाको च्याटमा मात्र आएको थिएन तर जैद र बासितले पनि लिंकको बारेमा कुरा गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार