Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतमा कोरोनाले ७२ हजार बढीको मृत्‍यु हुँदा सुशान्तको आत्महत्या काण्डले देश हल्लायो

    भारतमा कोरोनाले ७२ हजार बढीको मृत्‍यु हुँदा सुशान्तको आत्महत्या काण्डले देश हल्लायो

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 2.8K
    SHARES

    एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमित ७२ हजारभन्दा बढीको ज्यान गइसकेको छ । यी हजारौंको मृत्यु र लाखौं संक्रमितको विषय भारतीय मिडियाले तपशिलमा राखिदिएका छन् । उनीहरू यतिबेला बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युका पछि दौडेका छन् ।

    के राजपुतको आत्महत्याका विषयमा कोही संग्दिग्ध वा अभियुक्त छ ? यसको संक्षिप्त उत्तर हो – अहिलेसम्म छैन । अधिकतम मिडिया रिया चक्रवर्तीतर्फ इशारा गरिरहेका छन् ।



    केही टिभी प्रस्तोता र सामाजिक सञ्जालका ट्रोलले उनलाई बिना कुनै आरोपकी दोषी करार गरिदए । आधिकारिक सूचनामा आधारित रिपोर्टिङको सट्टा मिडियाको एउटा समूहले यसलाई सर्कसमा परिणत गरिदए । २८ वर्षीय एक महिलाका विरुद्ध जज र जुरीको भूमिका निर्वाह गर्ने कोशिस गरिरहेका छन् ।



    चिन्ताको विषय यो हो कि यो कुरा परम्परागत टिभी, समाचार पत्र र आधुनिक सामाजिक सञ्जाल बिना रोकटोक चलिरहेको छ । भारतीय पत्रकार राकेश भटनागर एक अनुभवी पत्रकार हुन् ।

    उनले पछिल्ला चार दशकमा उच्च न्यायलयका सयौं हाइ प्रोफाइल केसमा रिपोर्टिङ गरेका छन् । उनी भन्छन्, ‘सुशान्तको मृत्युमा अनुसन्धान गरिरहेका तीन केन्द्रीय एजेन्सीकै जाँच अहिले रिया चक्रवर्तीमा केन्द्रित छ ।’
    ‘यो केसमा हालसम्म कोही आरोपी छैन । मिडियाले अत्याचार बन्द गर्नुपर्छ’, उनले भने, ‘सीबीआइ र अन्य एजेन्सीले रिया र उनको परिवारसँग केही सोधपुछ गरेपनि आरोपित ठानेर होइन ।’
    भटनागर भारतीय पत्रकारिताको अवस्थाप्रति खेद प्रकट गर्छन् । उनका अनुसार मिडिया परीक्षण एक सामान्य कुरा भइसक्यो । उनको स्वीकारोक्ति छ कि भारतमा मात्रै होइन, यो वैश्विक समस्या बनिरहेको छ ।
    बेलायतको अक्सफोर्ड विश्वविद्यालस्थित रोयटर्स इन्स्टिट्युट फर द स्टडी अफ जर्नालिज्मका एशोसिउट डाइरेक्टर क्याथलिन मर्सर आत्महत्याको विषयमा रिपोर्टिङ गर्दा सावधानी अपनाउनुपर्ने बताउँछन् ।

    उनी भन्छन्, ’कुनै पनि जिम्मेवार सञ्चारमाध्यमले यसबारे समाचार बनाउनुअघि तीन कुरामा ध्यान दिन जरुरी हुन्छ ।’
    ‘दुःख र आघातबाट गुज्रिरहेका आफन्तप्रति संवेदनशील देखिनु, आमजनप्रति जिम्मेवार देखिनु र यो आत्महत्याको रिपरोर्टिङका कारण अरु कसैले आत्महत्या नगरोस्’, उनले भने ।
    नेटफ्लिक्समा ‘ट्रायल बाइ मिडिया’ नामक ६ भागको एक नयाँ शृंखला छ । जहाँ प्रसिद्ध ६ घटनालाई चित्रण गरिएको छ । यो शृंखलाबाट थाहा हुन्छ कि यी विषयलाई कसरी मिडियाले सनसनीखेज बनाए र कतिको करियर र प्रतिष्ठा धुलिसात गरिदिए  ।मिडिया ट्रायल अब दोधारे तलवार बनिसकेको छ । परम्परागत मिडियाका अलवा आमजनलाइ सामाजिक सञ्जालको सनसनीखेजसँग पनि लड्नु परिरहेको छ । जसको ताजा उदाहरण रिया चक्रवर्ती हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार