Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • वामदेवलाई राष्ट्रियसभामा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय, कुलमानबारे कुनै निर्णय भएन

    वामदेवलाई राष्ट्रियसभामा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय, कुलमानबारे कुनै निर्णय भएन

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। सरकारले अन्तत: नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बर्दियाबाट चुनाव हारेका गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफारिस गरेको थियो ।



    पार्टीको निर्णयको आधारमा सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो। सरकारको सिफारिस राष्ट्रपतिले अनुमोदन गरेपछि गौतम राष्ट्रियसभा सदस्य बन्नेछन् ।



    त्यस्तै,आन्तरिक हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात असोज ५ गतेबाट पुनः सञ्चालन गर्ने निर्णय गरिएको छ ।

    अर्कोतर्फ, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चले पनि  मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेन ।

    कुलमानलाई नियुक्ती गर्नुपर्ने माग राख्दै देशभर प्रदर्शन हुन थालेपनि सरकरले भने कुनै निर्णय गरेन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार