Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लगातार ज्वरो आइरहेपछि काँग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

    लगातार ज्वरो आइरहेपछि काँग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन्।

    कोरोना भाइरस (कोभिड-१९ )बाट संक्रमित कोइरालालाई सात दिनदेखि लगातार ज्वरो आइरहेको हुँदा उनलाई राजधानीको ओम अस्पताल पुर्‍याइएको हो।



    उनलाई अहिले आइसीयूमा राखेर उपचार थालिएको छ। कोइरालालाई गएराति सवा ८ बजे अस्पताल भर्ना गरिएको हो। कोइरालालाई कोभिड विशेष निगरानी कक्षामा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ ।



    गएको भदौ २३ गते उनमा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी होम आइसोलेसनमा रहँदै आएका थिए।

    नेपाली काँग्रेसको महाधिवेशनमा कोइरालाले  सभापति पदमा दाबी गर्दै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार