Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एकमत भएर गए कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन : शशांक कोइराला

    एकमत भएर गए कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन : शशांक कोइराला

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 351
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् ।

    शनिवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।



    नेता कोइरालाले भने, ‘नेपाली काँग्रेस सर्वश्रेष्ठ पार्टीको रूपमा अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टी बनाउनुपर्छ । उमङ्ग र उत्साहका साथ जानुपर्छ, भविष्य हाम्रो हो । काँग्रेस पार्टीको भविष्य हो । काँग्रेस एक ढिक्का भयो भने काँग्रेसलाई कसैले पराजित गर्न सक्दैन । हामी छौँ । एकसाथ जान्छौँ । हामी कसरी अघि बढ्ने त्यो नै हाम्रो ध्येय हो । नेपाली काँग्रेसले आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन ।’



    नेता कोइरालाले कांग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीको रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।

    उनले आउँदो निर्वाचनमा पार्टी उत्साह र उमङ्गका साथ अघि बढ्ने दाबी गरे ।

    नेता कोइरालाले महाधिवेशन सकिएको अवसरमाआज चियापान समारोह राखेका थिए ।

    सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार