Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हिन्दू राष्ट्रको पक्षमा शशांक कोइरालाले पनि गरे हस्ताक्षर

    हिन्दू राष्ट्रको पक्षमा शशांक कोइरालाले पनि गरे हस्ताक्षर

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 558
    SHARES

    काठमाडौं । सनातन हिन्दु राष्ट्रको पक्षमा चलाएको अभियानमा नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन् ।

    मंगलबार पूर्व महामन्त्री कोइरालाले अभियानको पक्षमा हस्ताक्षर गरेका हुन् ।



    ललितपुरको गोदावरीमा जारी महासमिति बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको छ ।



    यस अभियानमा यसअघि बैठकको पहिलो दिन सोमबार चार सय जना महासमिति सदस्यले हस्ताक्षर गरिसकेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार