Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बालिकालाई यौन दुर्व्यवहार गरेको आराेपमा पक्राउ

    बालिकालाई यौन दुर्व्यवहार गरेको आराेपमा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 2.9K
    SHARES

    कास्की । जिल्ला प्रहरी कार्यालय, कास्कीले बालिकालाई यौन दुर्व्यवहार गरेको आराेपमा एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा धादिङकाे गंगाजमुना गाउपालिका-६ घर भई कास्कीकाे पोखरा महानगरपालिका-१९ लामाचौर बस्ने ३२ वर्षका बिकाश बि.क. रहेकाे प्रहरीले जनाएकाे छ ।



    पिडित बालिकाले दिएकाे जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिएर बाल यौन दुरुपयोग कसुरमा अनुसन्धान अगाडी बढाईएको छ । कास्की जिल्ला अदालतबाट दिन १० म्याद थप गरेर अनुसन्धान सुरू गरिएकाे कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।



    पक्राउ परेका बिकले भदाै ३० गते ९ बर्षे बालिकालाई ललाई फकाई एकान्तमा लगि करणीको आशय राखी यौन दुर्व्यबहार गरेको पिडित बालिकाले दिएकाे जाहेरीमा उल्लेख गरिएकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार