Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 2K
    SHARES

    काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालमा २ जनाको संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

    असोज १५ गते स्वाब परीक्षण गर्दा १६ गते पोजिटिभ नतिजा आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका ५५ वर्षीया पुरुषको बुधवार बिहान मृत्यु भएको हो ।



     



    त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा ल्याई पीसीआर परीक्षणा गरिएकामा नतिजा पोजिटिभ आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको पनि बुधवार बिहान साढे ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    मृतक पुरुषलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्यासमेत रहेको थियो भने मृतक महिलामा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार