Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जाजरकोटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

    जाजरकोटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 2.6K
    SHARES

    फाइल : तस्बिर

    जाजरकोट । जाजरकोटकाे जुनीचाँदेमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

    जुनीचाँदे गाउँपालिका–१ औलखोला नजिकै भे १ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।



    साे जीप जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका कार्यालयका लागि छुटेकाे थियाे ।



    एक जनाको शव निकालिएको र बाँकी ४ जनाको शव खोलामा देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।

    घटनाबारे यकिन विवरण नआइसकेको उनले बताए। जीप सडकदेखि करिब ५०० मिटर तल खसेको बताइएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार